मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग आयोगको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग आयोगको आग्रह


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । मधेसी आयोगले मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

मङ्गलवार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहु वैकल्पिक पहल गरी पीडितहरूको अधिकारलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राज्यले तत्कालै समस्या समाधानका लागि बहु वैकल्पिक पहल गरी पीडितहरूको अधिकारलाई राज्यले संरक्षण गरोस् र तिनीहरूको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपिल गर्दछ ।’

हेर्नुहोस् आयोगले जारी गरेको विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस