घुस लिएको आरोपमा नापी कार्यालयका २ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस लिएको आरोपमा नापी कार्यालयका २ जना पक्राउ


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय मनमैजुका लेखापढी व्यवसायी अभिषेक कार्की र सर्वेक्षक रमेश उपरकोटीलाई पक्राउ गरेको हो ।

कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा उपरकोटी आफ्नै कार्यकक्षबाट र कार्की १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाट पक्राउ परेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस