मधेस प्रदेशमा मन्त्रालयको संख्या ११ नै यथावत् ! « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

मधेस प्रदेशमा मन्त्रालयको संख्या ११ नै यथावत् !


१४ चैत्र २०७९, मंगलबार


जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या ११ नै यथावत् राख्ने गरी मन्त्रालयहरूको नाम समायोजन गरेको हो।

नाम हेरफेर तथा समायोजन भइ प्रमाणीकरणसमेत भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस