नेपाल-भारत उद्योग वाणिज्य सङ्घले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ : सुदन किराती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल-भारत उद्योग वाणिज्य सङ्घले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ : सुदन किराती


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरू विस्तार हुने क्रममा रहेको बताएका छन्।

आज ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बोल्दै उनले नेपाल–भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरू विस्तार हुने बताएका हुन् ।

उनले भने, ‘नयाँ आयाम सञ्चालनले नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुन्छ । नेपाल–भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने छ । यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने छ । नेपाल–भारत उद्योग वाणिज्य सङ्घले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस