आकस्मिक रूपमा सर्वोच्च पुगे उपप्रधानमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आकस्मिक रूपमा सर्वोच्च पुगे उपप्रधानमन्त्री श्रेष्ठ


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सर्वोच्च अदालत पुगेका छन्।

उनी आकस्मिक रूपमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेट्न सर्वोच्च पुगेका हुन्।

सर्वोच्च प्रशासनका अनुसार भेटघाटको कुनै कार्यतालिका तय भएको थिएन। विकास निर्माणका मुद्दामा अन्तरिम आदेशका कारण समस्या भएको भन्दै गुनासोसहित यस्ता मुद्दालाई प्राथमिकता राखेर सुनुवाइ गरिदिन श्रेष्ठले आग्रह गर्ने तयारी गरेका छन्।

कामु प्रधानन्यायाधीश कार्कीसँग भेटेर उनले विकास निर्माण खास गरी सडक, पुल र अन्य विकास आयोजनासँग जोडिएका विषयमा कुरा गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस