बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु « प्रशासन
Logo २३ जेष्ठ २०८०, मंगलबार
   

बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु


१४ चैत्र २०७९, मंगलबार


फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरू सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए । घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस