२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती अस्पताल र आन्दोलनरत कर्मचारीबिच ६ बुँदे सहमति 

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलनरत अस्पतालका करारका कर्मचारीहरूबिच ६ बुँदे सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीको उपस्थितिमा सोमबार अस्पतालका कार्यकारी निर्देशक र आन्दोलनरत पक्षका प्रतिनिधिबिच उक्त सहमति भएको हो । 

महतीसँगै कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया १ महिनाभित्र पेस गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधि समेत सहभागी गराउने सहमति भएको छ । 

यसैगरी अस्पतालको समग्र गुणस्तर, वित्तियस्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई मध्यनजर गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनको आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुने समेत) चिकित्सक/कर्मचारी प्राथमिकता दिई सेवाको सुनिश्चितता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने सहमति भएको छ ।

अस्पतालको समग्र गुणस्तर सुधारको लागि सम्बद्ध सरोकारवालाहरूको सहभागितामा क्वालिटी सर्कल बनाई कार्यान्वयन गर्ने, ज्यालादारी÷सेसनमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरवन्दिमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने, निजामती कर्मचारी अस्पतालको समग्र गुणस्तर, सेवा प्रवाहमा सुधार र सेवा प्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारीमैत्री अस्पतालमा रूपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने सहमति भएको छ । 

यसअघि कर्मचारी नियुक्तिका लागि आह्वान २०७९ फागुन ३० गते आह्वान गरिएको आवेदनप्रति असन्तुष्टि जनाउँदै त्यहाँ कार्यरत करारका चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।

सम्बन्धित समाचार : निजामती अस्पतालको पदपूर्ति पेचिलो बन्दै, व्यवस्थित गर्न नखोजिएकै हो त ? 

प्रतिक्रिया दिनुहोस