२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैङ्कद्वारा मण्डला चित्र अङ्कित क्यालेन्डर सार्वजनिक

अ+ अ-

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

शुक्रवार आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैङ्क सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्कका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्र प्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकार द्वय भाइ राजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन्।

ग्लोबल आईएमई बैङ्कले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा बैङ्कका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए।

मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैङ्क स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन प्रतिबद्ध रहेको बताए।

चित्रकलामा २ दशकदेखि सक्रिय कलाकार द्वय भाइ राजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए।

नेपालको मौलिक मण्डला चित्रहरूलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उनको भनाइ थियो ।

‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो’, उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।’

उक्त अवसरमा बैङ्कका अध्यक्ष ढकालले कलाकार द्वयलाई सम्मानसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस