काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
कानुन शाखाले सूचना जारी गर्दै कार्यालयले गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनेको हो । समयमा कार्यालयमा उपस्थित नभए प्रहरी नियमावली बमोजिम कारबाही गरिने जनाएको छ ।
सम्पर्कविहीन हुनेमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।
हेर्नुस् सूचना :
