५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ


८ चैत्र २०७९, बुधबार


घुस

काठमाडौँ । जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । 

उनीहरूलाई राम जानकी हस्पिटलनजिकबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । 

जग्गा दर्ता कायम गर्ने सिलसिलामा उनीहरूले सेवाग्राहीबाट घुस लिएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् । 

नियन्त्रणमा लिइएका चौधरी र रायमाथि थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस