१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या, सेवाग्राही हैरान

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा फोन सम्पर्कमा समस्या देखिएको छ । जसका कारण लाखौँ सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएकोले केही समय डिस्टर्व भएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिँदा फोन नलाग्ने समस्या देखिएको छ, हामीले समाधान गरिसकेका छौँ,’ अधिकारीले भने ।

मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । पौने १० बजेदेखि ४० मिनेट जति समस्या देखिएको प्रवक्ता अधिकारीले बताए पनि सेवाग्राहीहरूले भने बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो गरेका छन् ।

विश्व दूरसञ्चार दिवसको अवसर पारेर २०७८ जेठदेखि नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर(भीओ) एलटिई सेवाको परीक्षण सुरु गर्दै मोबाइलमा हाई डेफिनेसन(एचडी) भ्वाइससहित ग्राहकहरूले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो ।

नेपाल टेलिकमको सेवामा पटक–पटक समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । उपकरणदेखि जनशक्ति व्यवस्थापनसम्ममा देखिएको चरम लापरबाहीकै कारण संस्थाले यस्तो समस्या व्यहोरिईरहेको र नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिँदा फेरी कुन बेला के हुने हो भन्न नसकिने टेलिकमका अधिकारीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस