२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खर्च चलाउन देश ऋण लिने अवस्थामा पुगेका बेला ‘अयोग्य लडाकु’लाई पैसा बाँड्ने काम उपयुक्त होइन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालका ‘अयोग्य लडाकु’ हरूलाई पैसा बाँड्ने काम उपयुक्त नभएको बताएका छन् ।

मङ्गलवार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसदसमेत रहेका थापाले देश सामान्य खर्च चलाउन पनि ऋण लिने अवस्थामा पुग्न लागेको बेला सरकारले अपरिपक्व निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो आफ्नो थैली कस्तो छ भन्ने कुरा थाहा भएन, घर मुलीले आफ्नो थैली कस्तो छ भन्ने थाहा पाएन भने अलिपछि त्यो घर कङ्गाल हुने बाटोमा जान्छ । बाँड्ने कुरा सजिलो र लोकप्रिय कुरा हो । म कुनै विषयवस्तुमा जान्न । तर बाँड्ने बेलामा मेरो थैली कस्तो छ भन्ने कुराको बोध नभएको हो कि भन्ने लागेको छ । यस्तो बेलामा गर्न सकिन्न भनेर राज्यको यत्रो ठुलो संरचना छ यो सबै कुराको विषयमा जुन खालको कुरा छ त्यसको बोध र चिन्ता नभएको हो भन्ने चिन्ताको विषय हो ।’

काँग्रेसले यसलाई सच्याउन पहल गर्छ भन्ने प्रश्नमा उनले नेताहरूको तहमा छलफल भइरहेको हुन सक्ने बताए ।

‘अहिले हामी यस्तो अवस्थामा पुगेका छौँ कि सामान्य खर्च धान्न पनि ऋण लिनुपर्ने हो कि भन्ने तर्फ हामी जादैछौँ । यस्तो अवस्थामा मुठ्ठी कहाँ कस्ने भन्ने कुराको मेसो भएन भने त एक पछि अर्को यस्तो निर्णय आउँछ । यसमा प्रधानमन्त्री सचेत नभए समस्या बढ्दै जान्छ । सचेत नभएको भन्ने कुरामा चिन्ता बढ्यो,’ उनले भने ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुहरूलाई कार्यविधि बनाएर राहत उपलब्ध निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस