५ डिआइजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५ डिआइजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

आज सोमबार बिहान ८:४० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयबाट गएको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

गृहले भावी प्रहरी महानिरीक्षक चयन हुनु दुई साता अघि नै उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण हालका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा गएसँगै अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस