उपराष्ट्रपतिलाई मतदान गर्न एम्बुलेन्समै बानेश्वर पुगे सांसद « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपराष्ट्रपतिलाई मतदान गर्न एम्बुलेन्समै बानेश्वर पुगे सांसद


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । जसपाका प्रदेश सांसद मोहम्मद अब्दुल कलाम मतदानका लागि एम्बुलेन्समा बानेश्वर पुगेका छन् । 

मधेस प्रदेशका सामाजिक राज्यमन्त्रीसमेत रहेका कलामको बिहीबार मात्र खुट्टाको अप्रेसन गरिएको थियो ।

रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा अप्रेसन गरिएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न कलाम एम्बुलेन्स चढेरै संसद् भवन पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस