२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

अ+ अ-

नेपालगञ्ज । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो ।

वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।

सरकारको सम्पत्तिको रूपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको जानकारी दिए ।

हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइँदै आएको छ । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णलगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक भएको बताए ।

बाँकेमा नरैनापुर, राप्तीसोनारी, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस