डोटी । डोटीमा “बाहिनीपति ट्रफी–२०७९” फुटबल प्रतियोगिताको एक कार्यक्रमका बिच सोमबार खप्तड रङ्गशाला राजपुरमा उद्घाटन गरिएको छ ।
श्री नं. ५ बाहिनी अड्डा राजपुर डोटीको आयोजनामा बाहिनीपति ट्रफि २०७९ फुटबल प्रतियोगिताको बाहिनीपति सहायक रथी दिपेश जंग शाहले उद्घाटन गरेका हुन् ।
२०७९ साल चैत्र महिनामा सुदूर पश्चिम पृतना हेड क्वाटर तेघरी कैलालीमा सञ्चालन हुने “पृतनापति ट्रफी–२०७९“ मा सहभागिता हुन बाहिनीपति ट्रफि २०७९ फुटबल प्रतियोगिताको आयोजना गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।
चैत्र ३ गतेसम्म सञ्चालन हुने बाहिनीपति ट्रफि २०७९ फुटबल प्रतियोगितामा श्री नं ५ बाहिनी अड्डा अन्तरगत रहेका ३ वटा गण भवानी बक्स गण अछाम, भैरव प्रसाद गण डोटी र देवी दल गण कैलालीको सहभागिता रहेको समेत प्रमुख सेनानी कार्कीले जानकारी दिए ।
सोमबार उद्घाटन सत्र लगतै भैरव प्रसाद गण डोटी र भवानी बक्स गण अछाम बिच खेल भएको थियो जसमा भैरव प्रसाद गण शून्यका विरुद्ध तीन गोलले विजय भएको थियो ।
पहिले खेलमा भैरव प्रसाद गणलाई जित हात पार्न भैरव प्रसाद गणका सिपाही ध्रुव भण्डारीले–१ गोल, सिपाही खेम राज शर्माले–१ गोल र सिपाही भूपेन्द्र रानाले–१ गोल गरेका थिए । खेलको अन्तिम सयमा भवानी बक्स गण अछामले पेनाल्टी पाएपछि गोल गर्न असफल रहेको थियो।
मंगलबार भैरव प्रसाद गण डोटी र देवी दल गण कैलाली बिच खेल हुने आयोजकले जनाएको छ । खेल ३ बजे सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन सत्रमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्की, जनप्रतिनिधि, व्यापारी, समाजसेवी, पत्रकार, विद्यार्थी, स्थानीय लगाएको सहभागिता रहेको थियो ।


