२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेलले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै गृह जिल्लामा खुसीयाली 

अ+ अ-

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हालेपछि उनको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् । पौडेल देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्यले काँचुली फेर्ने विश्वाससहित जिल्लावासीले खुसी व्यक्त गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका-८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका-८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताए ।

एक निष्ठावान् व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्य मान्यताको लागि निरन्तर लडिरहने व्यक्ति भएको व्यास नगरपालिका तनहुँका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । निष्ठाको राजनीतिले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिलेको उनले बताए ।

लोकतान्त्रिक अभियान र संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाहमा उनको योगदान अतुलनीय रहेको उनले बताए ।  राष्ट्रपति पौडेलको जन्म घर हाल भग्नावशेष अवस्थामा रहेकाले त्यसको पुनः निर्माण गरी संरक्षण गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । व्यास नगरपालिका-२ अमरापुरीमा पनि उनको घर छ ।  

प्रतिक्रिया दिनुहोस