२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

अ+ अ-

तनहुँ । जिल्लाको शुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ ।

शुक्लागण्डकी-१० को लोकेतिटार र भीमाद-७ को सिस्नेरी ठुलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।

योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा एक करोड २९ लाख र सिस्नेरीमा ७९ लाखको लागतमा योजना निर्माण सम्पन्न भएको हो ।

लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए । उनका अनुसार उक्त दुई स्थानमा गरी करिब आठ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ ।

सिँचाइ योजनाबाट शुक्ल गण्डकीमा तीन सय र भीमादका दुई सय बासिन्दा लाभान्वित हुने छन् । यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।

स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुई वटा ट्याङ्कीमा पानी सङ्कलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट–प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्याङ्कीमा सङ्कलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ ।

प्रतिक्रिया दिनुहोस