२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्वासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे ।

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्वासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत बस्ती निर्माण गरेर सुकुम्वासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए ।

‘हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ’, प्रमुख कोइरालाले भने, ‘घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईँहरूको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्त्व र माया हुन्छ ।’

उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पार्नु भइएको थियो । उनले सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्रा झाप्रीले महानगरको सौन्दर्ययतामा समेत ह्रास आएको दाबी गरे ।

कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष हीराकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी भूमिहीन सङ्गठनकी इन्दिरा पौडेल चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, सुकुम्बासी सङ्गठनमा आबद्ध कोसी पौडेल, रमेश ऋषिदेव, कुलबहादुर गुरुङ, चम्पादेवी, लक्ष्मी खड्का, जीतेन्द्र ऋषिदेव महानगरपालिकाले पहिलो पटक बोलाएर छलफल गरेकोमा खुसी व्यक्त गरेका थिए ।

अहिलेको महानगरको नेतृत्व सुकुम्बासी समस्या समाधान गर्न गम्भीर भएर लागेको आफूहरूले पाएको उनीहरुको भनाइ थियो । महानगरले छानबिन गरेर वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा वक्ताले जोड दिएका थिए ।

छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ हीरालाल कामत, १५ प्रकाश साह, १८ का जीतेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्णलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस