२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँ : मन्त्री किराँती

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीन महिने बृहत् सरसफाइ अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा ठुलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको छ, यसलाई भत्काएर अघि बढ्नुपर्छ, काम गर्दा कोही सानो हुँदैन ।’

उनले पशुपतिनाथ क्षेत्र सरसफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिए । पछिल्लो समय सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको पाइएकाले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने उनको भनाइ थियो ।

आफ्नो मन्त्रालयअन्तर्गतका सबै निकायलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सोअनुसारको काम नभए कारबाही गर्ने समेत मन्त्री किराँतीले चेतावनी दिएका छन् ।

अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म मन्त्रालय र त्यस मातहतका २१ वटा निकायका कर्मचारीले दुई घण्टा पशुपतिनाथ क्षेत्रमा सरसफाइ गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

बृहत् सरसफाइ अभियानको सुरुआत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आजदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा बृहत् सरसफाइ अभियानको सुरुआत गरेका छन् । अभियान तीन महिनासम्म जारी रहने मन्त्री किराँतीले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने निर्देशनानुसार आजबाट बृहत् सरसफाइ गरिन लागिएको हो । मन्त्रालयले सचिव स्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको छ ।

आजको सरसफाइ अभियानमा पर्यटन विभाग, पुरातत्त्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।

यसैगरी पर्यटन बोर्ड, हनुमान ढोका दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, पाटन दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटेल व्यवस्था प्रतिष्ठान, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारा गाउँ विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस