२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई आफू प्रधानमन्त्री बन्न लागेको आभास हुँदैछ : गगन थापा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

कार्यक्रममा अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए । प्रधानमन्त्री नआएकाले अन्तिम वक्ता भएको, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रूपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो ।

राजनीतिज्ञहरूलाई अर्थशास्त्री दृष्टिकोण बुझाउने काममा लाग्न अर्थशास्त्रीहरूलाई आग्रह गर्दै महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरूलाई बुझाउनुको साटो अर्थशास्त्रीहरूले गाली गर्ने गरेको गुनासो पनि गरे । 

“आज प्रधानमन्त्रीजी अरु केही व्यस्तताका कारण आउन पाउनु भएन । हिजो सभागृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आइपुग्नु भएन । त्यसपछि अन्तिम वक्ता म भएँ,” उनले भने, “आज प्रधानमन्त्री आइपुग्नु भएन । अन्तिम वक्ता म भएँ । सब्सिच्युट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।”

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक सङ्कट समाधानका लागि अर्थशास्त्रीहरूले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए । 

प्रतिक्रिया दिनुहोस