‘उपराष्ट्रपतिबारे आयोग र प्रमुख आयुक्तको अभिव्यक्ति मिलेन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘उपराष्ट्रपतिबारे आयोग र प्रमुख आयुक्तको अभिव्यक्ति मिलेन’


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिबारे निर्वाचन आयोगको विज्ञप्ति र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अभिव्यक्तिमा मेल नभएको बताएका छन् ।

आठदलीय गठबन्धनको बैठकपछि उनले आयोगको विज्ञप्तिमा उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने लेखिएको तर प्रमुख आयुक्तले मिडियामा दिएको अभिव्यक्ति संविधानको व्यवस्था विपरीत भएको बताए ।

“आयोगको विज्ञप्ति र प्रमुख आयुक्तको कुरा मिल्दैन । उहाँले मिडियामा बोलेका कुरा संविधानको व्यवस्था अनुकूल छैन । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुन पाउने व्यवस्था छ,” उनले भने ।

उनले आयोगले संविधानमा लेखेको कुरा मान्नुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेपछि गठबन्धनले निर्णय लिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस