रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर भने नपुग्ने देखिएको छ । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो

सम्बन्धित समाचार : रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय

गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो । ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ‘ख’मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस