ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमतको निर्णय  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमतको निर्णय 


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा नेतृ ममता झाको नाम अघि सारेको छ । 

सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो । 

पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको एक नेताले बताए । 

यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको  थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस