२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग, आन्दोलन गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ। संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेको छ ।

मोर्चाले आज सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ’, मोर्चाका सचिव रविनकुमार महराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

भोजमा पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रमुख प्रशासकहरू जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सहभागिताले झन् जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ ।

दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्रमार्फत चेतावनी दिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी खतिवडाले ज्ञापन पत्र आएको र कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने बताए । उनले भने, ‘आज मोर्चाले ज्ञापनपत्र बुझाएको छ, अव सम्बन्धित निकाय मार्फत कानूनी प्रक्रिया अगाडी बढ्छ ।’

प्रतिक्रिया दिनुहोस