आयोगले राष्ट्रपति निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयोगले राष्ट्रपति निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए।

निर्वाचनमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस