११ ब्रोकरलाई शाखा विस्तार गर्न बोर्डको अनुमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

११ ब्रोकरलाई शाखा विस्तार गर्न बोर्डको अनुमति


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकसाथ ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्ने अनुमति दिएका छ । बोर्डले जारी गरेको नयाँ निर्देशिकाको अनुसार ब्रोकर कम्पनीले शाखा विस्तारको अनुमति पाएका छन् । बोर्डले ब्रोकरलाई शाखा विस्तार गर्न सजिलो बनाइदिएसँगै ११ कम्पनीले २० स्थानमा शाखा खोल्ने स्वीकृति पाएका हुन् ।

बोर्डले ४ फागुनमा ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ लागु गरेको थियो । निर्देशिकाले न्यूनतम चुक्ता पूँजीमा थप डेढ करोड चुक्ता पूँजी भएपछि शाखा कार्यालय खोल्न सक्ने व्यवस्था गरेको थियो । साथै निर्देशीकाले सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले १५ दिनमै पूर्वाधार तयार गरी शाखा कार्यालय खोल्न स्वकिृति दिने व्यवस्था गरेको थियो ।

उक्त निर्देशीका अनुसार नै बोर्डले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई १९ वटा शाखा कार्यलयको लागि व्यवसायीले पूर्वाधार तयार भएको स्थानमा शाखा विस्तार गर्ने स्वीकृति पाएका हुन् । नयाँ निर्देशिकामा डेढ करोड रुपैयाँ चुक्तापुँजीबराबर एउटा शाखा विस्तार गर्न अनुमति दिइने उल्लेख छ । निर्देशिका अनुसार बोर्डले फागुन १९ गते एउटा ब्रोकरलाई ६ स्थानमा, एउटालाई ३ स्थानमा, २ वटालाई २–२ स्थानमा र ७ वटालाई १–१ स्थानमा शाखा खोल्न अनुमति दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस