मेरो तर्फबाट रामचन्द्रजीलाई सहयोग र समर्थन रहन्छ शुभकामना : सुवास नेम्वाङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेरो तर्फबाट रामचन्द्रजीलाई सहयोग र समर्थन रहन्छ शुभकामना : सुवास नेम्वाङ


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन्। 

राष्ट्रपति पदका प्रतिस्पर्धीसमेत रहेका नेम्वाङले राष्ट्रपतिको आज भएको निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । 

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए। उनले भने, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु।’ 

यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्य सफलताका लागि बधाई ज्ञापन गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस