काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् ।
बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अबको ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुने बताए ।
स्थानीय तह, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको बताए ।
“स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घको निर्वाचन, अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको छ,” उनले भने, “अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार बिस्तार हुन्छ ।”