आजको मौसम : पहाडी भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आजको मौसम : पहाडी भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

त्यस्तै, आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस