४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला सशक्तीकरण र क्षमता विकास गर्ने सरकारको नीति छ: प्रधानमन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला सशक्तीकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले महिला सशक्तीकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले महिलाको प्रजनन स्वास्थ्य, शिक्षामा सुधार हुँदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताए ।

‘संविधान र कानुनले महिलाको हक अधिकारका लागि ऐतिहासिक महत्त्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,’ उनले भने, ‘महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समान रूपले अघि बढेको छ ।’

प्रधानमन्त्री दाहालले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताए । महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उनले स्मरण गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताइन् । उनले संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण बनेको बताइन् ।

मन्त्री शर्माले पछिल्लो समयमा तीव्र रूपमा सूचना प्रविधिको विकास भए पनि त्यसको महिलाले सही रूपमा प्रयोग हुन नसकेको र प्रविधि महिलामैत्री बनाउनुपर्नेमा जोड दिइन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले महिला अधिकारको बहु आयामिक क्षेत्रबाट अध्ययन गरी महिलाविरुद्धका घटनाको उजुरी लिने, अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको बताइन् ।

राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले आयोगले महिलाको हक, अधिकारको रक्षा गर्ने काम गरिरहेको बताइन् । महिला मन्त्रालयका विज्ञ सदस्य सविन श्रेष्ठले ‘नेपालमा लैङ्गिक समानताको यात्रा’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमा परराष्ट्र, न्याय, सुरक्षाको क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख छ । कार्यक्रममा शक्ति समूहको तर्फबाट हरेक क्षेत्रमा महिलाले काम गर्न सक्छन् भन्ने सन्देशमूलक नृत्य प्रस्तुत गरिएको थियो ।

‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस