२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी धारका नेताहरूसँग प्रचण्डले राखे पार्टी एकताको प्रस्ताव

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरूसँग पार्टी एकताको प्रस्ताव राखेका छन् ।

मङ्गलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका आठ दलका नेताहरूको बैठकमा प्रचण्डले संक्रमणकालीन न्यायको मुद्दामा एक हुनुपर्ने र पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

प्रचण्डले सर्वोच्च अदातलको पछिल्लो आदेश आफूप्रति मात्र नभई संक्रमणकालीन न्यायसँग जोडिएकाले एकजुट हुनुपर्ने बताएको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले जानकारी दिए ।

बैठकमा सहभागी नेताहरूले संक्रमणकालीन न्यायको एजेन्डामा मिल्न सकिने भए पनि पार्टी एकता अहिले नै सम्भव नभएको जवाफ दिएका थिए । एजेन्डाहरूमा एक भएर जान सकिने गजुरेलको भनाइ छ ।

“संक्रमणकालीन मुद्दा र पार्टी एकताको प्रस्ताव राख्नुभएको छ । संक्रमणकालीन मुद्दामा त एजेन्डा मिल्यो,” बैठकमा नेताहरूले राखेको धारणा बारे गजुरेलले बाह्रखरीसित भने, “अहिले संक्रमणलीन न्यायको विषय प्रधान हो । पार्टी एकताका लागि आवश्यक कुरा भएको छैन । भविष्यमा त्यस्तो भएमा एजेन्डाअनुसार जाने कुरा भयो । पार्टी एकताका लागि एउटा विषय मिलेर हुने कुरा होइन ।”

केही वर्षअगाडि प्रचण्डले काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा गरेको भाषणविरुद्ध सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि उनीहरू एकजुट भएका हुन् । कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मृत्युको जिम्मा आफूले लिने बताएका थिए । सो विषयमा परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो ।

माओवादी धारका राजनीतिक दलहरूको अर्को बैठक यही फागुन २६ गते बिहान साढे ८ बजे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस