२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेले ‘दोहोरो राहदानी दुरुपयोग’ गरेको भेटिएन : अध्यागमन विभाग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो पटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको अध्यागमन विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको छ ।

लामिछानेसँग दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको हुँदा त्यसलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागको रहेको स्रोतले जानकारी दिएको छ ।

विभागले सरकारी वकिलको कार्यालयलाई लिखित प्रतिवेदन पनि दिइसकेको स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरेको थियो ।

सांसद पद खारेज भए लगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते नै जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।

नागरिकता पुनः प्राप्त गरेकै दिन लामिछानेले अमेरिकी नागरिक रहँदै प्राप्त गरेको नेपाली राहदानी, राहदानी विभागमै बुझाएका थिए ।

सर्वोच्च अदालतमा नेपाली नागरिक नै नरहेका लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै रिट निवेदन दायर गरेका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी समेत दिएका थिए ।

प्रहरी प्रशासनले सर्वोच्च अदालतको सांसद पद खारेज गरिदिने फैसलाको पूर्णपाठ प्राप्त नभई सफलको उजुरी लिन अस्वीकार गरेको थियो ।

सफलको उजुरी लिन अस्वीकार गरेपछि सफलले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा प्रहरी प्रशासनविरुद्ध निवेदन दायर समेत गरेका थिए ।

सरकारी वकिल कार्यालयले तत्पश्चात् अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई रवि लामिछानेको नागरिकता तथा राहदानीको विषयमा प्रश्न गर्दै पत्राचार गरेको थियो ।

अध्यागमनले लामिछानेले २०७२ जेठ १३ मा प्राप्त गरेको राहदानी प्रयोग गरी विदेश प्रस्थान गरेको नपाइएको जवाफ सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयको पत्रमा २०५१ साल फागुन १० गते लामिछानेले वंशजको नागरिकता प्राप्त गरेको र २०७९ माघ १५ गते नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी नागरिकता लिइसकेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको थियो ।

प्रहरी प्रशासनले भने लामिछानेविरुद्ध राहदानीको विषयमा छानबिन भइरहेको नै जानकारी दिएपछि सरकारी वकिल कार्यालयले सफलको लामिछानेविरुद्धको उजुरी फेरि लिनुनपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

हाल लामिछानेको राहदानी सम्बन्धी विषयमा प्रहरी प्रशासनमा अनुसन्धान जारी नै रहेको छ ।

उच्च स्रोतका अनुसार प्रहरी प्रशासनबाट यही महिनाभित्रै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस