२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलामा तीन दिन होली

अ+ अ-

महोत्तरी । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि)भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो ।

होरी अर्थात् फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरूको मत छ । ‘मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ’, महोत्तरीको भङ्गाहा–५ सीतापुरस्थित राम जानकी मठका साधु रामदास वैष्णवले भने, ‘यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो ।’

चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन् । यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ । सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए । ‘हिजो करिब २२ घडी र आज करिब ३० घडी पूर्णिमाको भोग छ’, उनले भने ।

‘बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कँदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठिक हुन्छ भनिन्छ’, भोलिको होरी तयारीमा रहेका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्छन्, ‘मङ्गलवार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने ? त्यसैले भोलि मनाइनु ठिक हो ।’ महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगर क्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एक अर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो ।

मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला) प्रशासनले भिडभाड नगर्न, भिडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस