उपत्यकामा चेकजाँचमा कडाइ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उपत्यकामा चेकजाँचमा कडाइ


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कसैको इच्छा विपरीत रङ्ग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ । काठमाडौँ प्रहरी परिसरले मर्यादित ढङ्गले होली मनाउन आग्रह गर्दै अघिल्लो दिन माइकिङ समेत गरेको थियो ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न र सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रहसमेत गरेको छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । पहाडी जिल्लामा आज र तराई मधेशका जिल्लाहरूमा भोलि होली खेल्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस