दोलखामा राहदानी आवेदन र इन्रोलमेन्ट सेवा पुन:सुरु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

दोलखामा राहदानी आवेदन र इन्रोलमेन्ट सेवा पुन:सुरु


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । दोलखामा प्राविधिक समस्या आएपछि रोकिएको राहदानी आवेदन र इन्रोलमेन्ट सेवा आजदेखि सुरु हुने भएको छ । गत १४ गतेबाट राहदानी र इन्रोलमेन्ट सेवा मा समस्या आएपछि रोकिएको सेवा सोमबारबाट सुरु भएको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाले गत १४ गते बेलुका एक विज्ञप्ती मार्फत राहदानी आवेदन र इन्रोलमेन्ट सेवामा समस्या देखिएपछि सो सेवा बन्द भएको जनाइएको थियो । जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिन सेवाग्राहीहरूका लागि एउटा मात्रै इन्रोलमेन्ट स्टेशन छ ।

इन्रोलमेन्टको क्यामेरा बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले राहदानी विभागमा माग गरेको थियो । राहदानी विभागबाट क्यामेरा आएपछि राहदानी आवेदन र इन्रोलमेन्ट सेवा सुरु भएको दोलखाका जिल्ला अधिकारी शेखर पौडेलले जानकारी दिए ।

५ दिन सम्म कार्यालयबाट नयाँ राहदानी आवेदन तथा राहदानीको लागि इन्नोलमेन्ट सेवा स्थगित गरे पनि छपाई भई आएको राहदानी वितरण सेवा सुचारु नै गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस