२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड विपरीतका पेट्रोल पम्प शील

अ+ अ-

काठमाडौँ। रुपन्देहीमा जिल्ला अनुगमन समितिले मापदण्ड विपरीतका पेट्रोल पम्प शील गरेको छ । पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित ५ वटा पम्पहरूमा आइतबार समितिले अनुगमन गरेको हो । 

अनुगमनका क्रममा मापदण्ड विपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका-१२, नयाँ गाउँको लम्साल आयल सप्लायर्समा शील गरिएको छ ।

उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी विक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहेपनि त्यस अनुसार नभएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।

पेट्रोलियम पदार्थ कम र बढी गराएर विक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ । 

जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको जानकारी दिए । 

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै सैन मैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिव्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो । 

उपभोक्तामाथि खेलबाड गर्ने जुनसुकै फर्मलाई कारबाहीको दायरामा ल्याउने उनले जनाए । अनुगमनका क्रममा समितिले पम्पहरूले विक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्था लगायत जाँच गरेको थियो । 

अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्यामु अर्याल, घरेलु कार्यालयका प्रतिनिधि, नौपतौलका प्राविधिक लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस