मुख्यमन्त्री शाहले प्रदेश सभाबाट बहुमत पाउने निश्चित   « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री शाहले प्रदेश सभाबाट बहुमत पाउने निश्चित  


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले गर्दैछ।

अहिले माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको र यहीबाट निर्णय गरिने संसदीय दलका नेता खगराज भट्टले जानकारी गराए।

अहिले १ बजे बस्ने प्रदेशसभाको बैठकमा शाहले विश्वासको मत लिने कार्यसूची छ। यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने बताइसकेको छ।

माओवादी र उन्मुक्ति पार्टीको समेत साथ पाउने भएपछि मुख्यमन्त्री शाहले प्रदेशसभाबाट बहुमत पाउने निश्चित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस