सुदूरपश्चिमका मुख्यमन्त्रीले शाहले आज विश्वासको मत लिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिमका मुख्यमन्त्रीले शाहले आज विश्वासको मत लिने


२१ फाल्गुन २०७९, आइतबार


कैलाली । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसैका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

एमालेका तर्फबाट राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा काँग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

शनिवार बसेको संसदीय दलको बैठकले काँग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस