‘सुदूरपश्चिम सरकारलाई यथास्थितिमा विश्वासको मत दिन सकिँदैन’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

‘सुदूरपश्चिम सरकारलाई यथास्थितिमा विश्वासको मत दिन सकिँदैन’


२० फाल्गुन २०७९, शनिबार


धनगढी । नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शाहले आइतबार (फागुन २१ गते) विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौँ। केन्द्रको निर्णयको पखाइमा छौ ।’

माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिंग हुनुपर्ने माग राख्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस