२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसिफ उत्कृष्ट प्रदर्शनमा नेपालले पीएनजीलाई हरायो

अ+ अ-

काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ । 

युएईले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् । यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलीकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १-१ रनमा आउट भए ।

बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमो कमेया र सेसे बाउले २-२ विकेट लिए ।यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीबारको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, युएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस