२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा उत्तरी नाका यारी खुला

अ+ अ-

काठमाडौँ । चीनले यारीको नाका सञ्चालनमा ल्याएको छ । नेपालतर्फको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित चीनले मार्च १ देखि नाका सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

चीनको ट्विटर ह्याण्डल ‘स्पोकपर्सन अफ चाइनिज एम्बेसी अन नेपाल’ले यारी नाका सञ्चालनमा आएको जानकारी दिएको छ । ‘पुलान/यारी बन्दरगाह मार्च १ देखि पुनः सुरु भएको छ,’ लेखिएको छ, ‘यसले नेपाल चीनको व्यापार कनेक्टिभीटीलाई थप मजबुत बनाउनेछ ।’

यस्तै, यो नाका सञ्चालनमा आएपछि नेपालको निर्यात वृद्धि हुने अपेक्षा समेत चीनको छ । ‘यारी नाका पुनः सञ्चालनमा आएपछि चीनतर्फ नेपालको निर्यात अगाडी बढ्नेछ,’ ट्विटर ह्याण्डलमा लेखिएको छ ।

नम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले मार्च १ देखि नाका सञ्चालनमा ल्याउने सहमति भएकोबारे जानकारी पाएको बताए ।

यारी नाका सञ्चालन भएपछि त्यस वरपर महँगी समेत घट्ने अपेक्षा गरिएको छ । हाल तलबाट उच्च भेगमा खाद्यान्न, लत्ताकपडा लगायतका वस्तु लग्नुपर्छ । यारी खुलेपछि चीनबाट सिधै आयात गर्न मिल्ने भएकाले र यारी नाकाका कारण उक्त क्षेत्रको आर्थिक गतिविधि चलायमान बन्ने भएकाले स्थानीय खुसी बनेको अध्यक्ष लामाले बताए।

चीनले आफ्नोतर्फ ठुला र भव्य संरचना निर्माण गरे पनि नेपालतर्फ भने संरचना बनिसकेको छैन । यारीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनेर इन्टरमोडल यातायात विकास समितिले अध्ययन गरिरहेको छ ।