२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री श्रेष्ठ भोलि दोहा जाने

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा आयोजना हुने एलडीसीको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् । उनी सम्मेलन सकिएपछि ७ मार्चमा स्वदेश फर्किने कार्यक्रम छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ । यसअघि मालवीले यसको अध्यक्षता गरिरहेको थियो ।

श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफलसमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, दोहामा रहेका नेपालीहरूसँग समेत मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिवहरू, कतारका लागि नेपाली राजदूत र अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् ।

प्रतिक्रिया दिनुहोस