काठमाडौँ । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरूलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।
सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरूलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।
गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय-दिउँसो साढे १ देखि २ बजेसम्म ।’
यसअघि सरकारी कार्यालयहरूमा खाजा खाने समयमा एकरूपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरूले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।
त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु बिदाहरूको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।