प्रदेश १ को नाम प्रस्ताव संशोधनका लागि स्थगित बैठक फेरि सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ को नाम प्रस्ताव संशोधनका लागि स्थगित बैठक फेरि सुरु


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रदेश १ प्रदेश सभामा दर्ता भएको ‘कोशी’ नाम प्रस्ताव संशोधनका लागि दुई घण्टा स्थगित भएको बैठक फेरि सुरु भएको छ। 

संसद्का सभामुख बाबुराम गौतमले संशोधन गर्न चाहने सांसदका लागि बैठक दुई घण्टाका लागि स्थगित गरेका थिए। सो समयमा राजेन्द्र राईले ‘किरात लिम्बूवान सगरमाथा’ को ठाउँमा ‘किरात लिम्बूवान कोशी’ संशोधन गराएका छन्।

एमालेले प्रस्ताव गरेको कोशी प्रस्तावबारे सांसदहरूले बोल्ने क्रम सकिएपछि सभामुखले दुई घण्टा प्रदेशसभा स्थगन गरेका थिए। प्रक्रिया पूरा भएपछि आजै नाम घोषणा गर्ने तयारी छ।

यसअघि प्रदेश सभा सचिवालयमा प्रदेशको नाम कोशी राख्नुपर्ने र लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्ताव दर्ता भएका थिए। ती दुई प्रस्तावमध्ये एमालेले दर्ता गरेको प्रस्तावमाथि छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस