सांसद मगरको भनाइ रेकर्डबाट हटाउन निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद मगरको भनाइ रेकर्डबाट हटाउन निर्देशन


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रदेश १ प्रदेश सभाको नाम (कोशी) राख्नुपर्छ भन्ने प्रस्ताव गरेका नेकपा एमालेका सांसद रामबहादुर मगरको भनाइ रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका छन्।

कोशी नाममाथिको सांसदले छलफलमा भाग लिएपछि जवाफ दिने क्रममा सांसद मगरले सांसद जनतालाई ढाँटेर आएको बताएपछि त्यसमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए।

सांसद रानाले प्रदेशसभामा आएका सांसद सोझा नभएको, बरु जनतालाई ढाँट छल गरेर र अरू के के गरेर चुनाव जितेर आएको बताएका थिए। 

केही सांसदले कोशी नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको विषयलाई सोझालाई फसाएको टिप्पणी गरेपछि रानाले सांसदहरू सोझा नभएको जवाफ दिए।

मगरको सो भनाइप्रति नियमापत्ति जनाउँदै सांसद राईले चुनावी दौरानमा हामी सबैले ढाँटेर र छलेर आएका हौँ त ? भन्ने प्रश्न गरेका थिए।

सांसदको अपमान गर्ने अमर्यादित भनाइ रेकर्डबाट हटाउन उनले माग गरेका थिए।

राईको माग अनुसार सभामुख बाबुराम गौतमले ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस