फागुन २५ पछि काँग्रेस नेतृत्वको सरकार बन्छ : शङ्कर पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फागुन २५ पछि काँग्रेस नेतृत्वको सरकार बन्छ : शङ्कर पोखरेल


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । एमाले महासचिव शङ्कर पोखरेलले फागुन २५ मा राष्ट्रपति चयन भएपछि काँग्रेस नेतृत्वको सरकार निर्माण हुने अवस्था सिर्जना हुने दाबी गरेका छन् । संविधानको प्रावधान अनुसार नै काँग्रेसलाई सरकार निर्माण गर्ने अवसर प्राप्त हुने उनले उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले अहिले बनेको गठबन्धनको अन्तर्य र सम्भावित राजनीतिक परिदृश्यबारे बोल्दै काँग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर तीन वर्षसम्म बस्न नसक्ने उल्लेख गरे ।

महासचिव पोखरेलले भने, ‘काँग्रेसका लागि माओवादी बोकिरहनुपर्ने बाध्यता हुँदैन । किनभने माओवादी काँग्रेसले छोड्यो भने काँग्रेसको नेतृत्वको सरकार बन्छ । संविधानले त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ । ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार काँग्रेसको हुन्छ । आफ्नो हातमा आएको सरकार छोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानिरहने कुरा साढे तीन वर्षसम्म काँग्रेसका लागि स्वीकार्य होला त ?’

Tags :
प्रतिक्रिया दिनुहोस