आजै युएई जाने तयारीमा सन्दीप लामिछाने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आजै युएई जाने तयारीमा सन्दीप लामिछाने


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी विश्वकप लिग टू अन्तर्गत युएईमा चलिरहेको त्रिकोणात्मक शृङ्खलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ ।

युएई र पपुवा न्युगिनीसम्मिलित शृङ्खला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ ।

पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि युएई पठाउन लागिएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप युएई जान पाएका थिएनन् ।

तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई युएई पठाउन लागेको हो ।

नेपालले भोलि बिहीबार घरेलु टोली युएईसँग र शुक्रबार पपुवा न्युगिनीसित खेल्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस