प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न आह्वान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न आह्वान


१७ फाल्गुन २०७९, बुधबार


विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव मध्याह्न १२ बजेसम्म पेस गर्न सांसदहरुलाई सूचित गरेको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका हुन् ।

सभामुखको आदेशअनुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ ।

प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भई निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस