डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

 डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

मोरक्कोका डिफेन्डरमाथि २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

ती महिलाले फेब्रुअरी २५ मा हाकिमीले घरमै आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको प्रहरी स्रोतले बताएको बीबीसीले जनाएको छ ।

यद्यपि प्रहरीले हाकिमीलाई लागेको आरोपमाथि प्रारम्भिक अनुसन्धान थालेको छ ।

पीएसजी र हाकिमीले भने आरोपबारे केही प्रतिक्रिया जनाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस